Logo

प्रमुख समाचार

समानुपातिक सांसद छान्न बेलाइएको एमाले सचिवालय बैठक स्थगित



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि आज (शुक्रबार) दिउँसो १ बजे सचिवालय बैठक बोलाएको थियो ।

तर बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। तीन दिनभित्र नाम पठाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १२:५४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।