काठमाडौं । संघीय संसद्का महासचिवलाई महाअभियोग निष्प्रभावी भएको पत्र लेख्ने अधिकार नरहेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् । संघीय संसद्का महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई दिएको महाअभियोग निष्क्रिए भएको भन्दै थमाएको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
बहसका क्रममा घमिरेले संसदको महासचिवको काम, कर्तव्य र अधिकार स्मरण गराउँदै संघीय संसद सचिवालय ऐन दफा ९ अनुसार निलम्बनको फुकुवाको पत्र लेख्ने अधिकार महासचिवलाई नरहेको बताए । संघीय संसद सचिवालय ऐन दफा ९ मा संसदका महासचिवको काम कर्तव्य र अधिकार सम्बन्धी ब्यवस्था छ ।




















प्रतिक्रिया