Logo

प्रमुख समाचार

जबरा र गौतमलाई दुवैलाई अदालतको अवहेलनामा मुद्दा चलाउनुपर्छ : वरिष्ठ अधिवक्ता कार्की



काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संघीय संसद्का महासचिव भरतराज गौतमविरुद्ध अदालतको अवहेलनामा मद्दा चलाउनुपर्ने बताएका छन् । उनले महाभियोग निष्क्रिय पार्नका लागि निवेदन दिने निलम्बित प्रधानन्यायाधीश जबरा र निष्प्रभावी भएको पत्र पठाउने संसद्का महासचिव गौतमलाई न्यायिक प्रक्रियामा अवरोध पुर्‍याएको भन्दै अदालतको अवहेलनमा मुद्दा चलाउनुपर्ने तर्क गरेका हुन् ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै गौतमले दिएको पत्रविरुद्धको रिटमा बहस गर्दै कार्कीले निलम्बित प्रधानन्यायाधीश जबराले संस्थाको सम्मानलाई धुलोमा पुर्‍याएको बताएका हुन् ।वरिष्ठ अधिवक्ता कार्कीले म

हाभियोगमा बयान दिन गएका जबराले उल्टै बारलाई आरोपित गर्दा संसद् चुप लागेर बसेकोमा पनि आपत्ति जनाए । त्यस्तै महासचिव गौतमले संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने अधिकार नभएको पनि उनले जिकिर गरे ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले उक्त विवादको सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकेको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १३:३९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।