Logo

राजनीति

चोलेन्द्रमाथिको महाभियोग निष्प्रभावी भएको पत्रविरुद्धको सुनवाइ सकियो, फैसला आजै आउन सक्ने



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिटमा सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित संवधानिक इजलासमा भएको सुनुवाइका क्रममा ६ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका छन् ।

बहसका क्रममा उनीहरुले पत्र अवैधानिक भएको र जबराको महाभियोग निष्प्रभावी नभएको दाबी गरे भने उक्त महाअभियोग प्रस्ता नयाँ संसद्मा पेश हुने बताएका छन् । रिटमाथि वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, टिकाराम भट्टराई र बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

जबराको महाभियोग निष्प्रभावी भएको पत्र संसद्‌मा महासचिवले पठाएपछि गत बुधबार सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले रिट दायर गरेका थिए ।

रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेश गरी निलम्बन गरिएको तर संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।

  • याे पनि

‘महाअभियोग निष्प्रभावीको पत्र लेख्ने अधिकार संसद्का महासचिवलाई छैन’

जबरा र गौतमलाई दुवैलाई अदालतको अवहेलनामा मुद्दा चलाउनुपर्छ : वरिष्ठ अधिवक्ता कार्की

‘चालेन्द्रविरुद्धको महाअभियोग निष्प्रभावी हुँदैन, नयाँ संसदमा पेश हुन्छ’

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १३:४८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।