Logo

राजनीति

संसदमा छलफल हुनु पर्छ, महाअभियोग सिफारिस समितिको प्रतिवेदन : जनमोर्चा



काठमाडौं । राष्ट्रिय जनमोर्चाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगलाई निष्प्रभावी हुने गरी पत्र पठाएर संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जनप्रतिनिधिहरुको अधिकार अतिक्रमण गरेको ठहर गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिज्ञप्ति निकालेर प्रतिनिधिसभा अर्थात् जनप्रतिनिधिहरुको अधिकार अतिक्रमण गरी गरिएको निर्णयको विरोध गरेका छन् ।

जनमोर्चाले राणामाथि लगाइएको महाभियोगलाई निष्प्रभावी पार्ने संघीय संसद सचिवालयको कार्यका विरुद्ध सर्वोच्च अदालतको फूल बेञ्च र नेपाल वार एशोसियसनले गरेको निणर्यप्रति ऐक्यवद्धता प्रकट गरे ।

जबरामाथि संसदमा दर्ता भएको महाभियोगमाथि छाबिन गर्न बनेको सिफारिस समितिको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत भई छलफल हुनु पर्ने पनि जनमोर्चाले बताएका छन्।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।