Logo

राजनीति

सुर्खेत–२ (१) मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । सुर्खेत–२ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार रहेका कालीप्रसाद शाक्यले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । मतगणनामा गडबडी गरिएको जिकिर गर्दै रिट लिएर उनी शुक्रबार सर्वोच्च पुगेका हुन् ।

रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा एमालेका यामलाल कँडेललगायतलाई विपक्षी बताइएको छ । सुर्खेत–२ (१) बाट एमालेका प्रदेश इन्चार्जसमेत रहेका कँडेल विजयी भएका थिए । १८ हजार ५६१ मतका साथ कँडेल विजयी हुँदा शाक्यले १८ हजार ४०० मत पाएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार २२:००   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।