Logo

प्रमुख समाचार

जनतालाई पूरा गर्न नसकिने आश्वासन भन्दा सक्दो कोसिस गर्छु भन्नुपर्ने रहेछ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले जनतालाई पूरा गर्न नसकिने आश्वासनहरु भन्दा पनि सक्दो कोसिस गर्ने बचन दिनुपर्ने बताएका छन् ।

आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले विगतमा जनतालाई पूरा हुन नसक्ने आश्वासनहरु दिएको स्मरण गर्दै अब आश्वासन दिँदा पनि गाह्रो हुने बताएका हुन् ।

‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ’, अध्यक्ष नेपालले भने, ‘तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने, धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ । म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ । किनभने मान्छेले सबै कुरा पूरा गर्न सक्दैन । जनताको आकंक्षा असीमित हुन्छ ।’

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १२:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।