काठमाडौं । नेपाली कांग्रेसलाई समानुपातिक सांसद चयन गर्न सकस परेको छ । समानुपातिक सांसद चयनकै लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विनानिष्कर्ष सकिएको छ । समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दाबी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।
निर्वाचन आयोगले शनिबार ४ बजेभित्र समानुपातिकर्फको सांसदको सूची बुझाउन समयसीमा दिएको छ । उक्त समयसीमा घर्किन लाग्दासमेत कांग्रेमा समानुपातिक सांसद छान्न सकस भएको हो । अब आजै पदाधिकारी बैठक बसेर निर्णयमा पुग्ने नेताहरुले बताएका छ । बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ ।
समानुपातिक निर्वाचन पद्धतितर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन समानुपातिक पद्धतिबाट २९ जना महिला चयन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ । बाँकी ती जना पुरुषका लागि दाबेदार धेरै भएपछि कांग्रेसलाई सांसद छान्न सकस परेको हो ।
समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आआफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरु आकांक्षी छन् ।




















प्रतिक्रिया