Logo

प्रमुख समाचार

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद [सूचीसहित]



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकर्फका ३२ जना सांसदको नाम टुंग्याएको छ । आज (शनिबार) बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिमा सहमति जुट्न नसकेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेर सबै नाम टुंगो लगाएका हुन् ।

३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन् । ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट तीन जना मात्रै पुरुष समानुपातिकबाट सांसाद बनेका छन् । जसमा विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र जीवन परियार चयन भएका छन् । आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ भने सांसद बन्ने अवसरमा पाएनन् ।

समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिलामा प्रधानमन्त्री देउवाकी धर्मपत्नीसमेत रहेकी आरजु राणा, गृहमन्त्री बालकृष्ण खाणकी धर्मपत्नी मञ्जु खाण छन् ।

यी हुन् कांग्रेसका समानुपातिक सांसद
खस आर्यबाट
आरजु राणा देउवा
मञ्जु खाँण
प्रकाशशरण महत
अम्बिका बस्नेत
सरिता प्रसाईं
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
रमा कोइराला पौड्याल
कान्तिका सेजुवाल
मैना रावल
(प्रसाईं, गौतम र रावल संस्थापन इतर पक्षका हुन्)

जनजातिबाट
सरस्वती बजिमय
लिलादेवी वोखिम
सीताकुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा शेरचन
अञ्जनी श्रेष्ठ
(बोखिम, राजभण्डारी र थापा मगर संस्थापनइतर समूहका हुन्)

दलितबाट
जीवन परियार
शान्ति विक
रुपा विक
सीता मिजा
आशा विक
(जीवन र सीता संस्थापनइतरका हुन्)

मधेशीबाट
विमलेन्द्र निधि
नगिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल
(मुक्ता संस्थापन इतरकी हुन्)

मुस्लिमबाट
जावेदा खातुन जागा

थारुबाट
कल्पना चौधरी
बिनाकुमारी थनेत

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १६:०६   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।