Logo

प्रमुख समाचार

राप्रपाको समानुपातिक सांसद : बुद्धिमान ‘ईन’ हुँदा लोहनी ‘आउट’, अरु को–को परे ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बन्नेहरुका नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिकर्फ पाएको ७ सिटमा नाम टुंगो लगाएको हो ।

जसमा खस आर्यबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेतको नाम समेटिएको छ । आदिवादी जनजातिबाट बुद्धिमान तामाङ र विना लामा, मधेशीबाट विना जयसवाल र दलितबाट अनिता नेपालीको नाम सूचीमा परेका बताइएको छ ।

उपाध्यक्ष बुद्धिमान तामाङ र पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी दुबैले दाबेदारी प्रस्तुत गरेपछि जारी विवादकैबीच तामाङको नाम समेटिएको छ । ७ समानुपातिकमध्ये पाँच जना महिला अनिवार्य पठाउनुपर्ने भएपछि राप्रपाले पुरुषमा दुई जनालाई मात्र समेटेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १९:५५   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।