Logo

प्रमुख समाचार

यी हुन् जसपाका ५ समानुपातिक सांसद



काठमडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएर आयोगमा बुझाएका हो ।

जसअनुसार पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जसपाका नेता प्रमोद यादवले जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सां

सदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । प्रदेश १ मा निर्मला लिम्बू र लुम्बिनी प्रदेशमा अम्बिका काफ्ले प्रदेश सभा सदस्यका लागि पार्टीले सिफारिस गरेको छ । मधेस प्रदेशको भने अझै मिल्न बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार २१:३३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।