Logo

प्रमुख समाचार

‘हिन्दूवादी’ राप्रपाको समानुपातिक सांसद क्रिश्चियनका ‘पास्टर’ !



काठमाडौं । हिन्दू राष्ट्र र धर्म निरपेक्षताको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सांसद भने क्रिश्चियन धर्मका प्रचारकलाई बनाएको छ । लामो समय देखि संघर्ष गरेका मुद्दाप्रति समर्पित कट्टर हिन्दुवादीलाई लत्याउनुका साथै नातावादमा फसेर राप्रपाले पार्टी उपाध्यक्ष्य बुद्धिमान तामाङका बुहारी विना लामालाई प्रतिनिधिसभा समानुपातिक सांसदमा सिफारिस गरेको हो ।

राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा पाएका ७ सिटमध्ये आदिवासी जनजातिबाट लामाको नाम अटाएको छ । राप्रपाले निर्वाचन आयोगमा निर्वाचनअघि बुझाएको बन्द सूचीमा जनजातितर्फको एक नम्बर लामाकै नाम राखेको थियो

।पश्चिमा संस्कृतिका अनुयायी र क्रिश्चियन मिसनरीका अगुवा विना लामालाई समानुपातिक सांसदमा बनाइएपछि पार्टीमा चरम असन्तुष्टि पैदा भएको छ । उनलाई समानुपातिक सूचमिा राख्दा पनि पार्टीभित्र मतैक्यता थिएन । तर पार्टी उपाध्यक्ष तामाङकै फोर्समा विनालाई राखिएको राप्रपाकै असन्तुष्ट नेताहरु बताएका थिए । विना मात्र नभई राप्रपा उपाध्यक्ष तामाङलाई समेत पटक पटक क्रिश्चियन प्रचारक भनेर आरोप लाग्दै आएको छ ।

उद्देश्य हिन्दू राज्य पुनः स्थापना भए पनि क्रिश्चियन धर्ममा आस्था राख्नेलाई सांसद बनाइएपछि राप्रपामा वर्षौं हिन्दू राज्यको वकालत गर्ने नेताहरु असन्तुष्ट छन् ।धर्म निरपेक्षताको खारेजीको माग गर्दै हिन्दूत्वको मुद्दा भँजाएर हिन्दु राज्य पुनःस्थापनाको वकालत गरेर नथाक्ने राप्रपाले क्रिश्चियन धर्म फैलाउन लागिपरेका पात्रहरुलाई संसदमा सांसद बनाएको हो । यसबाट राप्रपा विचार, सिद्धान्त, मुद्दा र एजेन्डाभन्दा धेरै टाढा गएको राप्रपाकै नेताहरुको ठहर छ । यो कदम पार्टीको ‘ब्लण्डर’ भएको एक नेता बताउँछन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १५:४६   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।