काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । आज आर्मी अफिसर्स क्लब भद्रकालीमा बैंकका अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सम्पन्न ३६औं वार्षिक साधारणसभाले १६.५१ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरेको हाे ।
आर्थिक वर्ष २०२१/२२ मास्ट्याण्डर्ड चार्टर्डले संचालन मुनाफा र खुद मुनाफा क्रमशः ३.२४ बिलियन रुपैयाँ र २.२६ बिलियन रुपैयाँ आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०२१/२२ को अन्त्यमा बैंकले जोखिम व्यवस्थापन तर्फ ९१ बिलियन पुर्याउन गत वर्षको तुलनामा २४.८ प्रतिशतको बढोत्तरी हासिल गरेको छ । यसैगरी बचत ९१ बिलियन पुर्याउन निक्षेपमा ६.२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ ।
बैंकका अध्यक्ष दारुवालाले समस्त लगानीकर्ताहरु ग्राहकवर्गहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई उनीहरुबाट प्राप्त निरन्तर साथ समर्थनका लागि धन्यवाद व्यक्त गरेका थिए ।
साधारण सभाले अविनाश अग्रवाललाई साधारण शेयर सदस्यहरुबाट नयाँ सञ्चालक सदस्यमा नियुक्त गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्याण्डर्ड चार्टर्ड समुहको ७०.२१ प्रतिशत र सर्व साधारणको २९.७९ प्रतिशत शेयर रहेको छ ।




















प्रतिक्रिया