काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया