काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार ३०० रुपैयाँले घटेको सुनाको भाउ आज पनि २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। सोमबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया