Logo

प्रमुख समाचार

कानुन निर्माणमा दलहरू एक हुनुपर्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन बनाउने क्रममा सबै दलहरू एक हुनुपर्ने बताएका छन् । मंगलबार लैंगिक नीतिसम्बन्धी यूनेस्कोको वर्कशपमा बोल्दै उनले दलगत रुपमा विभाजित भएपनि कानुन निर्माणका गर्ने बेला एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यक्ता रहेको भन्दै महामन्त्री थापषले नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरूले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्ने बताए ।

सुरुवातबाटै नीति निर्माणका लागि सम्बन्धित निकायहरूले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए । उनले नेपालमा सुरुआती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिममा आएर विभिन्न तर्क अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानुनको संशोधन र निर्माण हुन नसकेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १५:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।