Logo

प्रमुख समाचार

नागरिक उन्मुक्तिद्वारा अध्यादेशको स्वागत, रेशम चौधरीको रिहाइ माग



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटना प्रकरणमा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको छ । उन्मुक्तिका नेता–कार्यकर्ताले संरक्षक चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई शीघ्र रिहाइ गर्न माग गरेको हो । पार्टीका महासचिव रतन थापाले सरकारले ल्याएको अध्यादेशको स्वागत गर्दै रेशम चौधरीको रिहाइको लागि प्रदर्शन गरिएको बताए । ‘सरकारले ढिला भए पनि सही निर्णय गरेको छ, यो अध्यादेशले दोषी होइन, निर्दोष व्यक्तिहरूको रिहाइ होस् भन्ने हामी चाहान्छौँ ।’

थापाले जसले गल्ती नै गरेको छैन, उसलाई दोषी करार गरेर जेलमा राख्न नमिल्ने भन्दै रेशमको रिहाइ माग गरे । उनले रेशमलाई हत्यारा भन्नेहरूले लाल आयोगको प्रतिवेदन पल्टाएर हेर्नुपर्ने बताए । ‘हामीले दोषीलाई बाहिर निकालियोस् भनेको होइन, निदोषलाई भित्र राख्न मिल्दैन भनेको हो’, उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १८:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।