Logo

प्रमुख समाचार

इलाम–१ मा पुनः मतदानको माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल आज (मंगलबार) सर्वोच्च गुहार्न पुगेका हुन् ।

सर्वोच्चमा खनालको तर्फट बारिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उनका अनुसार रिट संवैधानिक इजलासमा दायर भएको छ ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा खनाल नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६६४ मतले पराजित भएका थिए । खनालले २३ हजार ८९ मत पाउँदा २५ हजार ७५३ मतका साथ एमालेका बस्नेत विजयी भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १८:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।