Logo

अर्थ

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा



काठमाडाैं । गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड (GLBSL) ले आर्थिक बर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट लाभांश घाेषणाा गरेकाे छ । संचालक समितिको मिति मंगलबार साँझ बसेको ११७औँ बैठकले ४ प्रतिशत बोनस शेयर र ०.२१०५२६ प्रतिशत नगद लाभांश (कर प्रायोजनको लागि) दिने प्रस्ताव गरेकाे हाे ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी रु ९ करोड ७५ लाख को ४ प्रतिशतले हुने रकम रु ३९ लाख बराबरको बोनस शेयर र ०.२१०५२६ प्रतिशतले हुने रकम रु २ लाख ५ हजार २६३ नगद लाभांश दिने भएकाे हाे ।

उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्च्यात साधारण सभाको छलफलमा समावेश गरिने छ । वार्षिक साधारण सभाबाट स्वीकृति भएपछी मात्र सेयरधनीले लाभांशका लागि दाबी गर्न पाउनेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १२:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।