काठमाडौं । मंसिरमा ४ को आमनिर्वाचनमा धनुषा–४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । धुनुषा–४ बाट उनलाई पराजित गर्दै नेकपा एमालेका रघुवीर महासेठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै कांग्रेसका यादव बुधबार रिट बोकेर सर्वोच्च गुहार्न पुगेका हुन् । रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।
यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।




















प्रतिक्रिया