Logo

प्रमुख समाचार

राष्ट्रपतिले अध्यादेश जारी नगरे आन्दोलन चर्काउने चेतावनी



काठमडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगरे आन्दोलन चर्काउने चेतावनी दिइएको छ । बुधबार काठमाडाैं अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरेर नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र बहुजन शक्ति पार्टीले यस्ताे चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै बहुमत शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिसेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए । उनले सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको भन्दै राष्ट्रपति भण्डारीले जारी गर्नुपर्ने धारणा राखे ।

पूर्वमन्त्री पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिले मात्रै नपुग्ने भन्दै विनाकारण बन्दी बनाइएकाहरुलाई क्षतिपूर्तीसहित आममाफी दिन माग समेत गरे । अध्यादेश स्वीकृत नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनु पर्ने अवस्था आउने टिप्पणाी उनले गरे ।

त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैजुले जेलसजाय भोगिरहेकाहरुलाई जेलबाट रिहाइ गर्नुपर्ने भन्दै एउटा जेलमा रहेको व्यक्तिले गर्दा परिवार बर्बाद हुने अवस्थमा रहेको समेत बताए । सैजुले अध्यादेश रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले राष्ट्रपतिले अध्यादेश तुरुन्त जारी गर्नुपर्ने धारणा राखे । अध्यादेश रोक्न खोज्नु भनेको देशमा द्वन्द्व बढाउने कुरा भएको बताए । उनले कारागारमा रहेका रेशम चौधरीलाई जनताले अनुमोदन गरी सकेको बताउँदै अध्यादेश जारी गरेर रिहाई गरिनुपर्ने बताए ।

कार्यक्रममा वक्ताहरुले शान्तिपूर्ण राजनीतिमा आउन चाहने शक्तिहरुलाई मुलधारमा ल्याउनु पर्ने आजको आवश्यकता भएको बताउँदै अध्यादेश अविलम्ब जारी गरिनुपर्नेमा जाेड दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १७:०३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।