Logo

राजनीति

यी हुन् समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सांसद [सूचीसहित]



काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली आज (बुधबार) सार्वजनिक गरेको हो ।

समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा ९माओवादी केन्द्र०ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।

प्रतिनिधिसभा समानुपातिक सांसदहरु

प्रदेशसभामा समानुपातिक सा‌सदहरु

निर्वाचन आयोगले सात वटै प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित २२० जना सांसदको नामावली पनि बुधबार नै सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत ७ वटै प्रदेशमा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

प्रदेश नं. १

मधेश प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १८:३४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।