Logo

प्रमुख समाचार

‘कम्युनिस्ट शक्तिहरु एक हुन नसके अर्काे चुनावसम्ममा अस्तित्व समाप्त हुन्छ’



काठमाडौं । वामपन्थी नेताहरुले कम्युनिष्ट शक्तिहरुबीच एकताकाे आवश्यकता औंल्याएका छन् । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राखेका छन् ।

संवाद डबलीमा बुधबार आयोजित ‘कम्युनिस्ट पार्टीहरुको पुर्नगठनको आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिस्ट संकटतर्फ उन्मुख भएको बताउँदै पुर्नठन आवश्यक रहेको बताए । उनले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, राष्ट्रवादीहरू, प्रगतिशील तप्काहरू एकजुट हुनुपर्ने धारणा राखे ।

बुढाथोकीले विचार मिल्ने कम्युनिष्टहरुबीच एकता हुनुपर्नेमा जाेड दिँदै आफूहरुले पुर्नगठनको अभियान सुरु गरेको बताए । कम्युनिस्ट पार्टीहरु पुर्नगठन नभए अर्को चुनावसम्म पत्तासाप हुने बताए ।

यस्तै नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाको लागि नेपाली कम्युनिस्ट आन्दोलनको पुर्नगठनको आवश्यकता बढ्दै गएको बताए । उनले नेपालमा भएको पटक-पटकका आन्दोलन तथा क्रान्तिमा नेताहरुले धोका दिएका कारण आफूहरुले नयाँ अभियान थालेको बताए । ठूला भनिएका कम्युनिस्ट पार्टीहरु सत्ताको भागवन्डा नमिल्दा एक हुन नसकेको समेत बताए ।

त्यसैगरी नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर भएको कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरु बलियो बन्दै गएको बताए । कम्युनिस्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरुले धाेका दिएकाले विश्वास घट्दै गएको बताए । सबै जसाे वक्ताहरुले कम्युनष्ट शक्तिहरु एक हुन नसके अर्काे चुनावसम्ममा अस्तित्व नै समाप्त हुने ठहर गरे ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १९:१५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।