Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?



काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा रहेको छ ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०७:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।