Logo

अर्थ

शिवम् सिमेन्टले घाेषणा गर्‍याे लाभांश



काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर २८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो पुस २९ गते सातौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ११:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।