Logo

समाचार

उदयपुरको गाईघाटमा स्तन क्यान्सर परीक्षण र जनचेतना जगाउन नि:शुल्क स्वास्थ्य शिविर



उदयपुर । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए ।

गैरआवासीय नेपाली संघले गरेकाे स्वास्थ्य शिविरलाई त्रियुगा नगरपालिका ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । स्वास्थ्य शिविरको संयोजन स्वास्थ्य समितिका सभापति डा सञ्जीव सापकोटाले गरेका थिए । महिलाहरुको जाँच गर्ने विज्ञहरुमा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही थिए भने डा पूनम केसी, नर्भिक अस्पतालका नर्सिङ निर्देशक, उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अमृत कर्णले परीक्षणका दौरान सक्रियताका साथ सहयोग गरेका थिए ।

उदयपुर जेसिसकी साबु थापाको सहयोगमा स्वास्थ्य शिविरको तयारी र व्यवस्थापन; गाईघाटका फर्मासिस्ट ब्रम्हदेव महतो र त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सुमन्त कोइरालाको पनि उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरको बारेमा समुदायले राम्रो प्रतिक्रिया दिँदै यसपटक सहभागी हुन नसकेका महिलाले स्वास्थ्य लाभ लिन सक्ने गरी यस्तो शिविर दोहोर्‍याउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १३:०३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।