काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा शोधनान्तर स्थितिमा ठूलो सुधार देखिएको छ । सो आवको समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा समेत यस अवधिमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ । समीक्षा अवधिमा गत आवमा १ अर्ब २७ करोडले घाटामा थियो । यस अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ । अघिल्लो आवको समीक्षा अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो ।
अमेरिकी डलरमा चालु खाता २८ करोडले घाटामा छ । समीक्षा अवधिमा अघिल्लो वर्ष अमेरिकी डलरमा १ खर्ब ८६ अर्ब घाटामा थियो । त्यस्तै कात्तिकसम्म पूँजीगत ट्रान्सफर १८.१ प्रतिशतले बढेर २ अर्ब ९७ करोड कायम भएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । गत आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रहेको थियो ।




















प्रतिक्रिया