Logo

अर्थ

मन्दाकिनी हाइड्रोपावरले घाेषणा गर्‍याे लाभांश



काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १२:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।