काठमाडौं । लामाे समयकाे प्रतीक्षापछि नेपालमा पनि इन्धनकाे मूल्य घटेकाे छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको घटाएको हो ।
निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ । यसअघि भारतबाट पटक पटक मूल्य घटेर आएपनि आफू घाटामा रहेको भन्दै निगमले पेट्रालियम पदार्थको मूल्य घटाएकाे थिएन ।





















प्रतिक्रिया