Logo

अर्थ

शेयर बजारमा सामान्य अंकको गिरावट, ३ अर्ब ८८ करोडकाे कारोबार



काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ को विन्दुमा बन्द भएको छ ।
आज ३५२ कम्पनीको १ करोड ६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड माथिको शेयर कारोबार भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको ११ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १४ प्रतिशतका दरले कमाएका हुन् । भुगोल इनर्जीका लगानीकर्ताले ४ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मुक्तिनाथ म्युचुअल फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ५० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १५:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।