Logo

प्रमुख समाचार

राजनीतिक दलहरू सचिन आवश्यक छ : एमाले उपमहासचिव गुरुङ



लमजुङ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आश्वयक देखिएको बताएका छन् ।

बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा उहाँले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताए । उनले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्नेमा उनले जाेड दिए ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार २०:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।