Logo

प्रमुख समाचार

प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न देउवासँग प्रचण्डको आग्रह



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले देउवासँग प्रस्ताव गरेका हुन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव राखेका हुन् । प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रुपमा भनेको यो पहिलो पटक हो । प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शनिबार बिहान आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए ।

यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दाबी गर्दै आएका थिए । आजको भेटमा भने प्रधानमन्त्रीसमक्ष प्रस्ताव नै राखेको बताइएको छ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने जवाफ दिएका छन् ।

प्रधानमन्त्री देउवाले पनि अगामी सरकारको नेतृत्व आफूले नै गर्ने संकेत गर्दै आइरहेका छन् ।

यसैबीच, एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताले ओली र प्रचण्डलाई मिलेर अघि बढ्न दबाब दिँदै आएका छन्।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १६:०२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।