काठमाडौं । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन लागिपरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्यसहित ३ जनालाई कारबाही गरेको छ । कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नम्बर– २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो ।
निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको तथा केन्द्रीय सदस्यद्वय आचार्य र लामा निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको कांंग्रेस काभ्रेले जनाएको छ ।




















प्रतिक्रिया