काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घाेषणा गरेकाे छ । १ पुस शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसमध्ये ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।




















प्रतिक्रिया