Logo

प्रमुख समाचार

हर्क सम्पाङविरुद्ध खनिए दलहरु, मेयरको अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै आपत्ति



काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि राजनीतिक दलहरूले आक्रोश पोखेका छन् । कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर जानु भनेर मेयर साम्पाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अभिव्यक्ति सच्याउन माग गरेका छन् ।

नेपाली कांग्रेस, एमाले र माओवादीको नगर नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यलाई धम्क्याउने हिसाबले राजीनामा दिनू भन्ने शब्द फिर्ता लिन आग्रह गरेका हुन् । उनीहरूले मेयर साम्पाङले आफूलाई प्राप्त मतलाई बहुमत भन्दै दम्भ राखी जननिर्वाचित प्रतिनिधिहरूको राजीनामा माग्नु कुन नैतिकता हो ? भन्दै प्रश्न गरेका छन् ।

विगतमा धरानको विकासमा राजनीतिक दलहरूका बीचमा सहकार्य भएको उल्लेख गर्दे अहिले नेपालको राजनीतिक परिवर्तनमा कुनै पनि भूमिका नभएका छद्मभेषीको अराजकता सुरू भएको दलहरूले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १६:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।