Logo

अर्थ

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तकाे लाभांश घोषणा, बोनस सेयर कति ?



काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ११:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।