Logo

प्रमुख समाचार

त्रिविको लापरबाही : स्नातकको नतिजा ननिकाली स्नातकोत्तरको भर्ना



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तिम वर्षको नतिजा प्रशित नगरी स्नातकोत्तरको भर्ना खुलाएको छ । मंगलबार एक सूचनामार्फत त्रिविले विविध संकायअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९/०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा नयाँ भर्ना खुलेको जनाएको छ ।

त्रिविले प्रकाशित गरेको सूचनामा स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना हुन आवेदन फारम बुझाउने म्याद पुस माघ ५ गतेसम्म तोकिएको छ । प्रवेश परीक्षाका लागि भने सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेअनुसार हुने भनिएको छ । कक्षा सञ्चालन माघ २२ गतेदेखि हुने सूचनामा उल्लेख छ ।

त्रिविको यो सूचनाले स्नातक तह अन्तिम वर्षको नतिजा कुरिरहेका विद्यार्थीहरु अन्योलमा परेका छन् । स्नातकको नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना खुलाएकोमा उनीहरु आक्रोशित छन् ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार २२:११   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।