Logo

अर्थ

निरन्तर उकालाे लाग्दै सुनकाे मूल्य, कतिमा हुँदै काराेबार ?



काठमाडाैं । नेपाली बजार बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ११:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।