विराटनगर । उच्च अदालत विराटनगरले साबुन उद्योग निर्माणको काम रोक्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान–२० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम थालेको थियो ।
मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेको भन्दै जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार निवेदनको किनारा नलागेसम्म काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।
मेयर साम्पाङले ‘माया धराने’ साबुन उद्योगका लागि काम थालेका थिए । उद्योगका लागि उनले श्रम दान पनि सुरु गरेका थिए ।




















प्रतिक्रिया