काठमाडौं । झन्डै तीन वर्षको प्रतीक्षापछि नेपाली वस्तु निर्यातका लागि चीनसकाग सुवागढी नाका खुलेको छ । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको हो ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । जुन सामान करिब ५० लाख नेपाली रुपैयाँबराबरको रहेका उनले बताए ।
रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । त्यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ ।
नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।




















प्रतिक्रिया