काठमाडौं । एक हप्ताअघि मात्र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएकी बैंकर रवीना देशराज श्रेष्ठले आफ्नो प्रेमीको फोटा सार्वजनिक गरेकी छन् । नेपालको बैंकिङ्ग जगतमा चिर परिचित बैंकर रवीना इन्स्टाग्राममार्फत् आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् ।
रवीनाले अहिले आफ्नो जीवन मात्रै नभई सारा कुरा परिवर्तन भएको बताएकी छन् । उनले आफ्ना पुर्खा र ब्रह्माण्डको आशीर्वादका कारण एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पाएको बताएकी छन् ।
रवीनाले बिहीबार इन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राख्दै लेखेकी छन्र्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’
उनले तस्बिरमा भएका आफ्ना प्रेमीका बारेमा थप भनेकी छन्र्, म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ। उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ। म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु ।’
उनको पोस्टमा उनका छोराहरू आशीरमान र आयुष्मान, बुहारी प्रियंका, बैंकर अनिल केशरी शाह, कलाकार परिमिता राणा लगायतले मायाको इमोजी राख्दै कमेन्ट गरेका छन् भने अरू धेरैले शुभकामना दिएका छन् ।
रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन् ।




















प्रतिक्रिया