Logo

बीमा

रिलायबल नेपाल लाइफद्वारा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोहलपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री भवानी माध्यमिक विद्यालय, सिमरामा अध्ययनरत बौद्धिक क्षमता कम भएका विद्यार्थी तथा न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।
विद्यार्थीहरूको शैक्षिक विकास, खेलकुदमा सहभागिता तथा सिकाइ प्रक्रियालाई थप सहज बनाउने उद्देश्यले उक्त सामग्री वितरण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कोहलपुर शाखा प्रमुख रवि बराइली, एरिया प्रमुख प्रमिला खड्का, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।