काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्ती (पुस २७ गते) मा सार्वजनिक बिदा दिने निर्णयप्रति आपत्ति जनाएका छन् । गृह मन्त्रालयले पृथ्वी जयन्ती सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराइसकेको छ ।
मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो । तर त्यसप्रति जसपा अध्यक्ष यादवले विरोध जनाएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो । सरकारको उक्त निर्णय निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दाबी छ ।
अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन् ।




















प्रतिक्रिया