काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले मंसिर २९ गते आफ्नो ३३औँ वार्षिक साधारणसभा बोलाएको छ।
बैंक सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ८.२५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी परिवर्तन गर्नुपर्ने भएकोले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै फेरदबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्तिका लागि उपयुक्त देखिएमा सोहीबमोजिम प्रक्रिया अगाडि बढाउने सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायमक शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।



















प्रतिक्रिया