Logo

प्रमुख समाचार

अनेरास्ववियुको महाधिवेशन फागुन २ देखि ४ गतेसम्म



काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ सम्म हुने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

तर यो निर्णयप्रति संगठनमा केही पदाधिकारी र सदस्यले असन्तुष्टि जनाएका छन् । अखिल इन्चार्ज माधव ढुंगेल र अध्यक्ष सुनिता बरालले पदाधिकारी बैठकमा महाधिवेशनको मिति प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावअनुसार निर्णय फागुन पहिलो साता निर्णय भएकोमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू मोती विक वाङ्फु योञ्जन, उमेश आचार्यलगायतका पदाधिकारीले स्ववियु चुनावपछि अधिवेशन गर्नुपर्ने भन्दै असहमति जनाएका थिए । उनीहरूले फेसबुकमा पनि असन्तुष्टि पोखेका छन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार २१:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।