Logo

राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत



पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रदेशसभाका ३१ जना सांसदले खगराजको पक्षमा मत हाले भने २७ ले विपक्षमा मतदान गरे ।

एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जनाले मुख्यमन्त्री अधिकारीको विश्वासको पक्षमा मत हाल्दा कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका हुन् । प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे ।

एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए । संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १५:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।