काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरको नाम टुंगो लागेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँगको छलफलपछि रेखा शर्मा, महेन्द्रराय यादव सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेका हुन् ।
सत्तारुढ दलहरुबीच माओवादीबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषद्मा सहभागी हुन पाउँछन् ।
तर, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाव दिएका स्रोतको दाबी छ । उनले महेन्द्रकाे ठाउँमा माधवलाई मन्त्री बनाउन दबाबव दिइरहेको बताइएको छ ।
महेन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् । माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए । यादवलाई मन्त्री बनाउन नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दबाव दिइरहेका छन् ।




















प्रतिक्रिया