Logo

प्रमुख समाचार

सुदूरपश्चिम सर्वदलीय बैठक : साँझ ६ बजे सभामुख चयन गर्ने निर्णय



दाङ । सुदूरपश्चिम प्रदेशमा आज साँझ ६ बजे सभामुख चयनका लागि निर्वाचन हुने छ । आजै बसेको सर्वदलीय बैठकले साँझ ६ बजे सभामुखका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीका भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १३:२५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।