Logo

प्रमुख समाचार

न्याय माग्दै माइतीघरमा धर्ना बसेकालाई गहृमन्त्रीको आश्वासन : दोषीलाई कारबाही गरेरै छाड्छु



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताले आफबाट गरेको अपेक्षा मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर गहृमन्त्री लाछिमानेले दोषीलाई कारबाही गर्ने आश्वासन दिएका हुन् ।

‘मलाई नेपाली जनताले अपेक्षा गरेर पठाएका छन् । यसलाई मैले बुझेको छु’, गृहमन्त्री लामिछानेले भने, ‘तपाईँको मागको विषयमा अनुसन्धान अगाडि बढ्छ । हामीले यसलाई हेरिरहेकै छौँ। अघिल्लो पटक भएको कमीकमजोरीले न्याय निरूपणमा ढिलाइ भयो कि। त्यो कमजोरीहरूलाई पनि सच्चाउनु छ । तपाईंहरुले यहाँ बसे पनि नबसेपनि घट्नाको छानबिन र अनुसन्धान अगाघि बढ्छ ।’

मन्त्री लामिछानेले आफूले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गर्दै आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने उद्घोष पनि गरे । घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन आग्रह गरे ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १५:१८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।