Logo

राजनीति

गण्डकी प्रदेशका सभामुख धितालले लिए शपथ



पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई शपथ गराएका छन् । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

शपथग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदलगायत व्यक्तिको उपस्थिति थियो ।

सभामुख धिताल गोरखा–१ ‘क’बाट निर्वाचित सांसद हुन् । आज सम्पन्न निर्वाचनमा उनले ३२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा २६ मत खसेको थियो । धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेका थिए ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार २०:५२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।